स्वास्थ्यचौकीलाई ज्येष्ठ नागरिकबाट सहयोग

Chauki health

म्याग्दी । जलजला गाउँपालिका–७ धाइरिङस्थित स्वास्थ्यचौकी भवन निर्माण गर्न एक ज्येष्ठ नागरिकले एक लाख ११ हजार सहयोग गरेका छन् ।

धाइरिङ घर भई हाल बेनी नगरपालिका– ७ शान्ति टोल बस्दै आएका ९० वर्षीय बोमबहादुर केसीले सो रकम सहयोग गरेको हो । केसीले मिलनचोक आमा समूहलाई समेत दश हजार सहयोग गरेको उनका छोरा शेरबहादुरले जानकारी दिए ।

वडाध्यक्ष टुंगनाथ आचार्यका अनुसार स्वास्थ्यचौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान थालिएको छ । भवन निर्माण गर्न बीस लाखमा दुई रोपनी जग्गा खरिद गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...