प्रस्तावित प्रधानन्यायाधीश भन्छन्, संसदीय सुनुवाई प्रक्रियालाई प्रभावित पार्ने प्रयास भयो
काठमाडौं । यतिबेला कामु प्रधानन्यायधीश दीपकराज जोशी नक्कली शैक्षिक प्रमाणपत्रका कारण संकटमा छन् । त्यही कारण पनि प्रधानन्याधीशमा नियुक्ति प्रक्रिया थप अन्योलमा धकेलिएको छ ।
सामान्यतया संसदीय सुनुवाईकै दिन प्रधानन्यायधीको अनुमोदन हुनेमा जोशीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोप लागेपछि यसपटक संसदीय बिशेष सुनुवाई समितिको बैठक तीन पटक सरिसकेको छ ।
जोशीले विगतमा विवादास्पद फैसला गरेको भन्दै नेकपाका सांसदहरु उनलाई प्रधानन्याधीशमा उनको अनुमोदन नगर्ने पक्षमा उभिएका छन् । जसकारण प्रधानन्याधीश नियुक्ति अन्योलमा परेको छ ।
जोशीको नियुक्ती लम्बिदै गर्दा उनले अनावश्यक विषयलाई विवादमा ल्याएको भन्दै असन्तुष्टि जनाएका छन् । उनको नीजि सचिवालयको नाममा सोमबार साँझ जारी विज्ञप्तीमा संसदीय सुनुवाई प्रक्रियालाई प्रभावित पार्ने प्रयास भएको आशंका गरिएको छ ।
‘तत्कालिन पुनरावेदन अदालतको न्यायधीश, मुख्य न्यायधीश हुँदा होस् अथवा सर्वाेच्च अदालतको न्यायधीश हुँदा समेत प्रश्न नभएको विषयमा हाल आएर भ्रम फैलाउनु एक जना प्रस्तावित प्रधानन्यायधीशको नियुक्तिलाई प्रभावीत पार्नु मात्र नभई स्वतन्त्र न्यायपालिकामाथिको प्रहार जस्तो देखिएको छ’ विज्ञप्तीमा भनिएको छ ।
हेर्नुस् विज्ञप्ती
प्रतिकृया दिनुहोस