चालक अनुमतिपत्र आवेदन रोक्न मन्त्रीको ठाडो आदेश

Jitendra sonal 15

काठमाडौं । झण्डै डेढ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन २ नं. प्रदेशबाहेक सबै ठाउँमा खुलेको छ । तर, २ नं. प्रदेशमा भने मन्त्रीको आदेशमा आवेदन नै रोकिएको छ ।

गत आर्थिक वर्षको धेरै काम बाँकी रहेपछि यातायाता व्यवस्था विभागले नयाँ आवेदन गत असारदेखि बन्द गरेको थियो । तर, आइतबारदेखि भने आवेदन खुला गरिएको छ ।

तर, यातायात व्यवस्था कार्यालय लहानबाट भरिने फारम प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलको ठाडो आदेशले रोकिएको छ ।

सबै कार्यालय प्रदेश सरकार मातहतमा आइसकेको छ । प्रदेश सरकारका मन्त्रीले फारम तत्काल रोक्न मौखिक आदेश गरेपछि सवारी चालक अनुमति पत्रको फारम भर्ने कार्य रोकिएको हो । मन्त्री सोनलको मौखिक आदेशमा फारम वितरण प्रक्रिया रोकिएको एक कर्मचारीले बताए ।

अनलाइन फारम भर्ने कार्य रोकिएपछि कार्यालयमा आउने सेवाग्राही त्यत्तिकै फर्किएका छन् । आइतबार मात्रै चार सय भन्दा बढी सेवाग्राही अनलाइन फारम भर्नबाट बञ्चित भएको यातायात व्यवस्था कार्यालय लहानले जनाएको छ ।

‘कार्यालय प्रदेश सरकारको मातहतमा आइसकेको छ । तर नयाँ ऐन कानुन बनेको अवस्थामा पहिलेकै अनुसार काम गर्नुपर्छ । सबैतिर आवेदन खुल्ला हुँदा २ नं. प्रदेशमा मन्त्रीले मौखि आदेश दिएर आवेदन रोक्न लगाएका छन् । तर, लिखित आदेश भने दिएका छैनन् ।

मन्त्री सोनलले किन आवेदनमै रोक लगाए ? अहिलेसम्म कुनै कारण खुलेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...