आर्मी अफिसर्स क्लबमा किन सर्वसाधारणलाई प्रवेश बन्द गरिँदैछ ?
काठमाडौं । काठमाडौंका ‘आर्मी अफिसर्स क्लब’ लाई फाइभ स्टार होटलझै मानिन्छ । ‘आर्मी अफिसर्स क्लब’ मा कार्यक्रम गरियो भने शान बढ्छ भन्ने पनि छ । तर, अब भने ‘आर्मी अफिसर्स क्लब’ मा सर्वसाधारणले कार्यक्रम गर्न त के प्रवेश गर्न पनि पाउने छैनन् ।
नेपाली सेनाले सञ्चालन गरेको ‘आर्मी अफिसर्स क्लब’ भदौ १ गतेदेखि लागू हुने गरी सर्वसाधारणको प्रयोगका लागि बन्द गर्ने तयारी भइरहेको छ ।
भद्राकालीमा रहेको सैनिक मुख्यालयको परिसरमै रहेको आर्मी अफिसर्स क्लब १८ वर्षयता विभिन्न पार्टी तथा कार्यक्रमहरु आयोजनाका लागि सर्वसाधारणलाई पनि भाडामा दिइँदै आएको थियो । तर राजेन्द्र क्षेत्रीले प्रधान सेनापतिबाट बिदा लिँदै गर्दा ‘आर्मी अफिसर्स क्लब’ सर्वसाधारणको प्रयोगका लागि बन्द गर्न लागेका छन् ।
राष्ट्रिय सुरक्षामा भन्दा पनि व्यापारिक क्षेत्रमा हात हाल्न थालेको भन्दै आलोचित बन्दै आएको सेनाले भाडामा लगाएर पैसा असुल्दै आएको ‘क्लब’ बन्द गर्न लागेको हो । आगामी भदौं १ देखि बन्द हुन लागेपछि क्लबमा गरिन लागेका विभिन्न कार्यक्रममा लागि गरिएको बुकिङ रद्ध गरिएको सेनाले जनाएको छ ।
सेनाले सर्वसाधारणले कार्यक्रम गर्दा एउटा हल भाडामा दिएबापत एक दिनको ७५ हजार रुपैयाँ शुल्क तिुर्नपर्छ भने सेनाले नै कार्यक्रम गर्दा भने एक दिनको १० हजार रुपैयाँ तिर्नुपर्छ ।
क्लबमा दुई वटा हलहरु छन् । तत्कालीन प्रधानसेनापति प्रज्जवल शमशेर जबराको कार्यकालदेखि आर्मी अफिसर्स क्लब सर्वसाधारणलाई पनि भाडामा दिन थालिएको थियो ।
प्रतिकृया दिनुहोस