चीन र नेपालका गैससबीच ३ वर्षे सहमति

Ngo china sunday

काठमाडौं । नेपालमा चिनियाँ विकास सहायता सञ्चालन गर्दा नेपालको कानुन अनुरुप पालना गर्ने सहमति भएको छ ।

समाज कल्याण परिषद् र चिनिया एनजिओ नेटवर्क फर इन्टरनेशनल एक्चेन्ज (सीएनआइई) बीच अन्तरदेशीय गैर सरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने गरी ३ वर्षे समझदारी पत्रमा हस्ताक्षरसमेत गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका उपप्रधानमन्त्री एजइ वाङयाजुङको उपस्थितीमा परिषद्का तर्फवाट सदस्य सचिव डिल्लीप्रसाद भट्ट र सीएनआइइका तर्फबाट सदस्य सचिव झु रुईले आइतबार हस्ताक्षर गरे ।

नेपालको नीति तथा योजनालाई सहयोग गर्न नेपाली गैसस र परिषद्लाई साझेदार बनाएर कार्यक्रम सञ्चालन गर्न चिनिया गैससलाई कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहयोग गर्ने सहमति भएको छ ।

त्यसैगरी परियोजना चरणमा समाज कल्याण परिषद् र चिनिया गैससबीच समन्वय र सूचना सम्प्रेषणमा सहयोग गर्ने, जिविकोपार्जन, स्वास्थ्य सेवा, शिक्षा, सीपमा आधारित तालिम, सामुदायीक विकास र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्न चिनिया गैरसरकारी सस्ंथाहरुलाई परिचालन गर्ने सहमति पनि भएको छ ।

सो सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा चीनका राजदुत यु होङ लगायत चीनका ३० गैसस र नेपालका २० गैससका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो । दुबै देशको राष्ट्रिय धुन बजाएर शुरु गरिएको कार्यक्रममा परिषद्का उपाध्यक्ष नीलमणी बराल र कोषाध्यक्ष वीरबहादुर ठगुन्नाले पनि बोलका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...