संसदीय निर्वाचन पर्यवेक्षण कम्बोडियाबाट नेता नेपाल फिर्ता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित कम्बोडिया गएका नेताहरु स्वदेश फर्केका छन् ।
संसदीय निर्वाचन पर्यवेक्षणका क्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनसँग भेटघाट गरेका थिए । त्यहाँ आइतबार संसदीय निर्वाचन भएको थियो ।
सो निर्वाचनको पर्यवेक्षण गर्न सांसद सुजाता कोइराला र भानुभक्त ढकाल पनि पुगेका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल ‘सेन्ट्रिस्ट एसिया प्यासिफिक डेमोक्र्याट्स इन्टरनेसनल’ का उपाध्यक्षसमेत हुन् ।
प्रतिकृया दिनुहोस