राप्ती नदीमा माछा मार्न जाँदा डुबेर मृत्यु

Khaldo ko

चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा आइतबार साँझ माछा मार्ने क्रममा एक्कासि नदीको भंगालोमा खसेर ६३ वर्षीय बमबहादुर बलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

राप्ती नदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा डुबेर तथा गोहीलगायत वन्यजन्तुको आक्रमणमा परेरसमेत मानिसको ज्यान जाने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...