फरार सूचीमा रहेको एक अभियुक्त पक्राउ
नवलपरासी । जबर्जस्ती करणी मुद्दामा अदालतको फरार सूचीमा रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
३ वर्ष ६ महिना कैद सजाय पाएका पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिका–१ कोल्हुवा बस्ने ४३ वर्षीय राजु भन्ने सुरतराम चौधरीले लुकिछिपी बसी रहेको अवस्थामा प्रहरीले पक्राउ गरी आइतबार आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।
पछिल्लो पटक प्रहरीले जिल्ला अदालतको फरार सूचीमा रहेको अभियुक्तलाई पक्राउ गर्ने अभियान चलाएको छ ।
प्रतिकृया दिनुहोस