चट्याङ लागेर एकको मृत्यु
बुटवल । रुपन्देहीको तिलोत्त नगरपालिकामा चट्याङ लागेर आइतबार १ बालिकाको मृत्यु भएको छ ।
खेतमा आमासँग घाँस काट्न गएको बेलामा साँझ करीब ५ बजेतिर तिलोत्त नगरपालिका–१० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवालीलाई चट्याङ लागेर घाइतेभएका थिए ।
घाईतेलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायब निरीक्षक युवराज पाण्डेले बताए ।
प्रतिकृया दिनुहोस