होला त कारवाही मार्सी चामल अर्थात् दुर्गा प्रसाइँलाई ?
काठमाडौं । केही दिनअघि झापाका बी एण्ड सी नामक मेडिकल कलेज सञ्चालन दुर्गा प्रसाइँले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नै घरमा बोलाएर चरेशको थालमा मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएको थियो ।
जुनबेला उनले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रसाईंले उच्च राजनीतिक तहमा लबिङ गरिरहेका छन् । त्यही लबिङको एउटा रुप थियो, तत्कालिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई घरमै लगेर खाना खुवाउनु ।
कहेी समयअघि मेडिकल कलेजको सम्बन्धन खोजिरहेका विवादित व्यवसायी प्रसाइँको विवादास्पद बोली टपक्क टिपेर ओली सरकारका मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा मेडिकल अध्ययन गर्न गएका नेपाली चेली यौन शोषणमा पर्ने गरेको बताए ।
डा. गोविन्द केसीको अनशन चलिरहेका बेला प्रसाइँले बंगलादेशमा पढ्ने नेपाली चेलीले अस्मिता बेचिरहेको भनेर बोलेको १४ महिनाअघिको भिडियो भाइरल भएको थियो ।
जुनकुरा तामाङका लागि घातक बन्यो । अन्ततः उनले राजीनामा नै दिए । तर, त्यसरी विवादमा ल्याउन व्यक्ति अर्थात् दुर्गा प्रसाइँलाई भने ओली सरकारले कारवाही गर्न सकेको छैन ।
स्वदेशमै आवश्यकताअनुसार मेडिकल कलेज खुल्ने वातावरण बन्नुपर्छ भन्ने कुराको वकालत गर्दा मन्त्री तामाङले निक्कै ठूलो आलोचना सहनु पर्यो । विवादास्पद अभिव्यक्ति दिएपछि विरोधीले ‘प्रोपोगान्डा’ रचियो ।
अब मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारवाही हुन्छ कि हुँदैन ? कि उनी देशका मन्त्री भन्दा शक्तिशाली हुन ? यी प्रश्न सबैको मनमा उठेको छ ।
संसद्मा हंगामा
विवादित व्यवसायी प्रसाइँविरुद्ध चौतर्फी आलोचना भइरहेको छ । त्यति मात्रै होइन, संसदमा पनि उनको विरोध भएको छ । प्रदेश संसदमा मात्रै होइन, संघीय संसदमा समेत उनको विरोध भएको छ ।
आइतबार मात्रै पनि बंगलादेशमा अध्ययनत नेपाली चेलीले आफ्नो अस्मिता बेचेर मात्रै डाक्टरको प्रमाणपत्र लिनेको विवादास्पद अभिव्यक्ति दिएका प्रसाईविरुद्ध संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेसकी सांसद् डिला संग्रौला (पन्त) ले संसद सचिवालयमा प्रसाईलाई कारबाही माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन् । संग्रौलाको प्रस्तावमा कांग्रेसकै सांसदहरु लक्ष्मी परियार र प्रमिला राईले समर्थन गरेका छन् ।
प्रतिकृया दिनुहोस