सन् २०२२ सम्म बाघको संख्या दुई सय ५० पुर्याइने

Bagha

काठमाडौ । ८ औं अन्तराष्ट्रिय बाघ दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा चितवनका संरक्षणकर्मीहरुले बाघ संरक्षणका लागि चितवनको टिकौली जैविक मार्गमा सवारी सावधानी अपनाउन अपिल गर्दै स्टिकर एवम् पम्प्लेट वितरण गरेका छन ।

बाघ संरक्षण उपसमिति सौराहाको आह्वानमा आयोजना गरिएको कार्यक्रममा बोल्दै संरक्षणकर्मीहरुले सन् २०२२ सम्म बाघको संख्या २ सय ५० पु-याउने सरकारको लक्ष्य पुरा गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन । कार्यक्रममा बाघको संरक्षण गर्नुपर्ने आवश्यक्ता चित्रण गरिएको प्ले कार्डपनि प्रर्दशन गरिएको थियो ।

चितवनमा यस वर्ष मात्रै ६ वटा बाघ कालगतिमा मरेको उल्लेख गर्दै बाघको बासस्थान बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याइएको छ । बाघको संख्या बढाउन आवश्यक बास स्थान र उचित आहारा व्यवस्थापनको काममा आफूहरु लागि परेको चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख एवम् सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

नेपालमा हाल १ सय ९८ वटा बाघ रहेको सरकारी तथ्यांक छ । जसमध्ये १ सय २० वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा राखिएको छ । यो निकुञ्जलाई बाघको सबैभन्दा उपयुक्त बास स्थानको रुपमा लिने गरिन्छ । विश्वमा करिव साँढे ३ हजारको हाराहारीमा बाघ रहेको दावी गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बढ्दैछ भारत क्यानडाबीच कुटनीतिक दुरी, भारतद्धारा ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित

Canada and india flag

काठमाडौं । भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेको छ । भारत सरकारले आफ्नो देश...