रोनाल्डोलाई गोल किपर !

काठमाडौ । आफुले अध्यन गरेको विषय पश्चात् के कस्ता क्षेत्रहरूमा काम गर्न सकिन्छ भन्ने जानकारी सबैलाई हुनुपर्छ ।

विडम्बना नेपालमा यसरी सल्लाह सुझाव दिने अनि जिवनको सहि बाटो देखाउन कुनै पनि विस्वविध्यालयले काम गरेको देखिन्न । यसले गर्दा विध्यार्थीहरु आफ्नो पढाइ सकिने बेला सम्म पनि अब के गर्न सकिन्छ भन्ने बारे अबुझ नै हुन्छन् । त्यसैले रसायन शास्त्र अध्यन गर्दै गरेका विध्यार्थीहरुलाई केन्द्रित गरेर केमिस्ट्री स्टुडेन्टस एसोसिएसन नेपाल (सिसान) ले श्रावण १२ गते अर्थात शनिबार राजधानीमा कार्यक्रम गर्यो ।

सो प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक कार्यक्रमको नाम रसायन शास्त्र पढेका विध्यार्थीका क्षेत्र र चुनौती रहेको थियो । यो प्रमुख शिर्षक भित्र विभिन्न साना शिर्षकमा वक्ताहरु बोलेका थिए ।स्वदेश तथा विदेशका विस्वविध्यालयमा रसायन शास्त्र अध्यापन गराउने प्राध्यापक तथा रसायन शास्त्र सङ्ग सम्बन्धित सरकारी तथा गैरसरकारी उच्च ओहोदामा बस्ने वक्ताहरुलाई सो कार्यक्रममा वक्ताको रुपमा निमन्त्रणा गरिएको छ ।


नेपाली वैग्यानिकहरुको कार्यथलोको रुपमा चिनिएको नास्ट भवनमा गरिएको सो कार्यक्रमको प्रमुख आतिथ्यता नास्टकै उपकुलपति प्रा डा जिवराज पोखरेलले गरेको थियो । सो अवसरमा उपकुलपति पोख्रेलले नेपालमा सहि तरिकाको पद्दती नहुदा विग्यान प्रविधिले सोचे जस्तो फड्को मार्न नसकेको बताए । जस्मा जे गर्ने क्ष्यमता छ त्यो गर्ने ठाउँमा राख्ने हो भने सबैको विकास हुने कुरामा जोड दिदै उनले थप्यो, के रोनाल्डोलाई गोल रक्ष्यक राख्दा आफ्नो क्ष्यमता प्रदर्शन गर्न सक्ला त ?

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...