प्रतिनिधिसभाको बैठकमा बीमा विधेयक प्रस्तुत

Capture=4

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘बीमा विधेयक, २०७५’ प्रस्तुत गरेका छन् ।

त्यसअघि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा. खतिवडाले बीमा व्यवसायमा सबैको पहुँच पुर्याउनका लागि सरकारले बृहत्तर रुपमा कानूनको प्रबन्ध गर्न लागेको जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै ७० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क रुपमा १ लाख बराबरको बीमा गर्ने व्यवस्था गरिएको र सबै दायित्व सरकारले नै व्यहोर्ने गरी तयारी गरिएको बताए ।

बीमा व्यवसाय सीमित व्यक्तिको हातमा मात्रै नहोस् भन्नाका लागि धेरै भन्दा धेरै कम्पनी जरुरी रहेको, त्यसलाई नियमन गर्न कडा कानूनको जरुरी रहेको र फर्जी बीमा गर्नेलाई कानूनी कारवाही गर्न खोजिएको बताउँदै उनले बीमा क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी एवं मर्या्दित बनाउन बीमा प्राधिकरणको परिकल्पना गरिएको र कम्पनीमा लैजान खोजिएको स्पष्ट पारे ।

कम्पनीमा लैजानेबित्तिकै निजीकरण गर्न खोजिएको भनेर गरिएको प्रचारसमेत गलत रहेको डा.खतिवडाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...