चितवनमा ३ वर्षमा ११ बाघ मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा विगत ३ आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन् ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२/७३ मा एउटा, २०७३/७४ मा एउटा र २०७४÷७५ मा ४ वटा बाघ जुधेर, एउटा बुढो भएर, एउटा उपचारको क्रममा एउटा विषादी परेर मरेका थिए भने २ वटा मर्नुको कारण खुल्न सकेको थिएन ।
पछिल्लो तथ्यांकअनुसार निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या १२० रहेपनि तिनको संख्या बढेको अनुमान गरिएको छ । बाघलाई आवश्यक क्षेत्रफल कमी भएकै कारण जुधेर मर्ने क्रम बढेको हुनसक्ने निकुञ्जको भनाइ थियो ।
विभिन्न कारणबाट वर्षेनी मर्ने बाघको संख्या बढेपछि यसमा कमी ल्याउन निकुञ्जले प्रयास गर्दै आएको सूचना अधिकारी अर्यालले बताए ।
प्रतिकृया दिनुहोस