गाउँपालिकाले बुझायो मुख्यमन्त्रीलाई १३ बुँदे माग

Shankar pokhrel

प्युठान । प्युठानको प्रवेशद्धारको रुपमा चिनिएको सरुमारानी गाउँपालिकाले प्रदेश नं. ५ का मुख्यमन्त्रीलाई १३ बुँदे मागपत्र बुझाएको छ ।

सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई आइतबार १३ बुँदे ज्ञापनपत्र बुझाउँदै गाउँपालिकाको विकासमा चासो देखाउन माग गरे ।

गाउँपालिका भित्रका गौरवका योजना र राष्ट्रिय गौरवका योजना तथा कार्यक्रमहरु समेटेर मुख्यमन्त्री पोख्रेललाई १३ बुँदे ज्ञापनपत्र बुझाएको हो गाउँपालिका भित्रको ऐरावती बड्डडाडाँ–जस्पुर– घोराही दाङ सडक खण्डको कालोपत्रे गर्न माग गरिएको छ ।

सो ज्ञापनपत्रमा त्यसैगरी वडा नम्बर २, ४ र ६ मा स्वास्थ्यचौकी स्थापना, बंगलाचुली, दर्भान, ऐरावती सडक स्तरउन्नति, हंसपुर बृहत लिफ्ट खानेपानी योजना, सरुमारानी, सिद्धलेक पुठादरवार, गढिदरवार, रानीकुवा, किमिचौरदह क्षेत्र संरक्षण एवं पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास लगायतको माग समेटिएको छ ।

प्युठान नगरपालिकाको अनिवार्य आधारभुत शिक्षामा पहुँचको शुनिश्चिता घोषणा कार्यक्रमका लागि प्युठान आएका मुख्यमन्त्री पोख्रेललाई गाउँपालिकाका अध्यक्ष विश्वकर्माले राष्ट्रिय गौरवको योजनाअन्र्तगत नौमुरे बहुउदेश्यीय जलविद्युत परियोजना लगायत कोइलाबास भालुबाङ– प्युठान भिमगिठे सडकको अवस्थाबारे पनि मुख्यमन्त्रीको ध्यानार्षण गराइएको बताए ।

जनजाती संस्कृती संरक्षण एवं सरुमारानी साँस्कृतिक डवली स्थापना, बडडाँडा भिङ्ग्रीखोला बुढिचौर मृकुटी सडक निर्माण, अदुवा बेसार प्रशोधन केन्द्र, थक्लेनी मृकुटी मोटरबाटो स्तरोन्नति, दर्भानमा चिस्यान केन्द्र निर्माण र ऐन कानुन तर्जुमासम्बन्धी विज्ञहरुको सहयोगको व्यवस्था गरिदिन आग्रह गरिएको छ ।

सो ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोख्रेलले सरुमारानीलगायत प्युठान जिल्लाको विकासका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए । उनले आगामी वर्ष बजेटबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

उनले सबैलाई कृषि उत्पादनमा जोडिन आग्रह गरे । जनताको जीवनमा परिवर्तन ल्याउने कुराले ठूलो महत्व राख्ने हुँदा श्रम र पुँजीको प्रयोग गर्दै अर्गानिक कृषि उत्पादनमा लाग्न उनले आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...