चीनद्धारा स्थानीय तहलाई एम्बुलेन्स उपहार
काठमाडौं । चीन सरकारले विभिन्न ५ हिमाली जिल्लाका स्थानीय तहलाई एम्बुलेन्स उपहार दिएको छ ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र नेपालका लागि चिनियाँ राजदूत यु होंगले ती एम्बुलेन्स स्थानीय तहका प्रमुखलाई हस्तान्तरण गरेका थिए ।
नेपाल चीन हिमालय मैत्री समाजका अध्यक्ष एवं पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलको पहलमा एम्बुलेन्स हस्तान्तरण भएको हो ।
संखुवासभाको खादबारी, दोलखाको भीमेश्वर, लमजुंगको मध्यनेपाल, काभ्रेको मण्डन देउपुर र सिन्धुपाल्चोकको जुगल स्थानीयतहलाई चीन सरकारले एम्बुलेन्स उपलब्ध गराएको हो ।
कार्यक्रममा उपप्रधानमन्त्री यादवले छिमेकी चीनले शिक्षा र स्वास्थ्यमा समेत सहयोग गर्दै आएकोमा खुसी प्रकट गरे ।
समाजका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टीका युवा नेता पोखरेलले आगामी दिनमासमेत चिनियाँ सहयोग उपलब्ध हुने विश्वास राख्दै यसले २ देशको जनताको सम्बन्ध बलियो हुने धारणा राखे ।
प्रतिकृया दिनुहोस