प्रधानन्यायाधीशमा कहिले नियुक्त होलान् जोशी ?

Dipakraj joshi

काठमाडौं । संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ सकिएको तीन दिन वितिसक्यो । तर, अझैं समितिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने की नगर्ने भनेर निर्णय दिन सकेको छैन ।

विगतमा सुनुवाइ सकिएलगत्तै समितिले निर्णय दिने प्रचलन थियो । यस पटक समितिले सुनुवाइ सकिएको तीन दिन भइसक्दा पनि जोशीको नाम अनुमोदन गर्न सकेको छैन ।

प्रस्तावित पदाधिकारीले आफूमाथिको आरोपको जवाफ दिएपछि त्यही दिनमा निर्णय गरेर सम्बन्धित निकायमा पठाउने संसदीय समितिको अभ्यास थियो । तर, सो विपरीत अहिलेसम्म पनि जोशीको नाम अनुमोदन हुन सकेको छैन ।

समितिले बिहीबार जोशीको सुनुवाइ अपराह्न पौने ४ बजे सकेको थियो । निर्णयका लागि शुक्रबार ३ बजे बैठक बोलाइएको थियो । सत्तारूढ सांसदहरूकै आग्रहमा त्यस दिन बैठक नबसी आइतबारलाई सारिएको हो ।

जोशीले सुनुवाइका क्रममा सांसदले उठाएको प्रश्नको स्पष्ट जवाफ नदिएको र शैक्षिक प्रमाणपत्रको विवाद उठेकाले थप छलफल गरेर मात्रै निर्णय गर्ने भन्दै बिहीबारको बैठक टुंग्याइएको थियो ।

जोशीको नाम अनुमोदन नहुँदा थप अन्योल बनेको छ । यसलाई नेपाली कांग्रेसले भने निर्णय गर्न ढिलाइ गर्नुलाई आशंकाको दृष्टिले हेरेको छ ।
संवैधानिक व्यवस्थाअनुसार समितिको दुई तिहाइ मतले सिफारिस अस्वीकृत गर्न सक्छ । समितिमा १५ सदस्य छन् । जसमा सत्तारूढ दल नेकपाका ९ र फोरमका १ सदस्य छन् । जुन कुल सदस्यको दुई तिहाइ मत हो ।

कांग्रेसका ४ र राष्ट्रिय जनता पार्टीका १ सदस्य छन् । समितिको सभापति चयन भइनसकेका कारण ज्येष्ठ सदस्यको हैसियतले बैठकको अध्यक्षता राजपाकै सदस्य लक्ष्मणलाल कर्णले गर्नेछन् । उनले मत दिन पाउँदैनन् । सत्तारूढ दलभित्र मतक्यै नभए जोशीको सिफारिस अस्वीकृत हुन सक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...