आजदेखि सवारी लाइसेन्स आवेदन खुल्ला

प्रदेश नं. २ मा सरकारले हाल्यो भाँजो

Lisence 13

काठमाडौं । झण्डै डेढ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन आजदेखि खुल्ने भएको छ ।

गत आर्थिक वर्षको धेरै काम बाँकी रहेपछि यातायाता व्यवस्था विभागले नयाँ आवेदन गत असारदेखि बन्द गरेको थियो । तर, आजदेखि भने देशभरका यातायात कार्यालयबाट आवेदन खुला गरिने भएको हो ।

झण्डै दुई लाख ५० हजार लाइेसन्स प्रिन्ट गर्न बाँकी रहँदा परीक्षा पास गरेकाहरुले पनि झण्डै ९ महिनादेखि लाइसेन्स हात पार्न सकेका थिएनन् । विभागले सोही कामका लागि भन्दै झण्डै डेढ महिनादेखि लाइसेन्स वितरण रोकेको थियो ।

विभागका अनुसार दैनिक ४५ सयदेखि पाँच हजार लाइसेन्सको माग छ । तर विभागले दैनिक १५ सय लाइसेन्स पनि प्रिन्ट गर्न सक्दैन ।

काठमाडौंमा रहेका ४ वटासहित प्रत्येक अञ्चलमा एक/एकवटा लाइसेन्स वितरण गर्ने कार्यालय छन् । आइतबारबाट काठमाडौंमा ४ वटै लाइसेन्स कार्यालयले समेत लाइसेन्स आवेदन खुला गर्नेछन् ।

प्रदेश नं. २ को सरकारले भने आफूले अनुमति दिएपछि मात्रै लाइसेन्सको वितरण थाल्न विभागलाई पत्र लेखेको छ । प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले पत्र लेखेर आफ्नो सहमतिविना लाइसेन्सको वितरण नथाल्न संघीय सरकारलाई अनुरोध गरेको थियो ।

प्रदेश नं. २ ले भने लाइसेन्स वितरणको व्यवस्थापन गरेर मात्रै वितरण थाल्ने योजना बनाएको छ । त्यसैका कारण वीरगञ्ज र लहानस्थित कार्यालयबाट लाइसेन्सको आवेदन नखोल्ने निर्णय विभागले लिएको छ ।

बाग्लुङस्थित लाइसेन्स कार्यालयमा भने व्यवस्थापीकय समस्या रहेकाले लाइसेन्सको आवेदन खोल्न नसकिएको विभागका एक अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...