३६ लाख रुपैयाँ घुससहित इन्जिनियरका दम्पत्ति नै पक्राउ
बुटवल । सडक डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा ठाकुरकी श्रीमती पनि बाटैबाट पक्राउ परेकी छन् ।
सडक निर्माणको बिल भुक्तानीका लागि ठाकुरले ठेकदारसँग मोटो रकम असुलेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो ।
घुस लिएको ३६ लाखमध्ये केही नगद बरामद भएको र केही पैसा बैंकमा जम्मा भइसकेको अख्तियारको टोलीले जनाएको छ । बैंकमा जम्मा भएको भौचरहरु समेत आयोगले बरामद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा प्रमुख दिनेश आचार्यले जानकारी दिए ।
प्रतिकृया दिनुहोस