काठमाडौं–दोहा प्रमोसनल उडान साउन १६ मा

Ktm doha

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दोहा उडानमा प्रमोसनल अफर ल्याएको छ । कलसाइन ९एन–एएलबाई भएको अन्नपूर्ण विमानको पहिलो उडान साउन १६ गते दोहामा हुने भएको हो ।

निगमले ल्याएको पहिलो वाइडबडी ३३०–२०० विमानमा यात्रुलाई आकर्षित गर्नका लागि यो अफर ल्याएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । प्रमोसनल अफर अन्तर्गत काठमाडौं–दोहाको एकतर्फी भाडा ११ हजार तय गरिएको निगमका प्रवक्ता श्रेष्ठले बताए । दुईतर्फी भाडा भने १८ हजार रहेको छ ।

यही अफर अन्तर्गत ब्यागेज बापत लाग्ने रकममा समेत छुट दिइएको छ । बिजनेस क्लासका लागि ५५ र इकोनोमिक क्लासका लागि ४५ केजी सम्मका लागि छुट दिइएको हो ।

निगमले साउन १६ देखि काठमाडौं–दोहा दैनिक उडान गर्ने भएको छ । हाल निगमले सोमबार, बुधबार र शुक्रबार उडान गर्दै आएको छ । प्रोमोसनल अफरले यात्रुलाई निगमको विमानमा यात्रा गर्न आकर्षित गर्ने विश्वास प्रवक्ता श्रेष्ठको छ ।

दोहामा पहिलो उडान गर्ने निगमको पहिलो वाइडबडी विमान असार १४ गते नेपाल आईपुगेको हो । विमान नेपाल आईपुगेको ३४ दिन पछि उडान गर्ने तयारीमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...