दर्शक स्रोताको साधारणसभा सम्पन्न

Darshak shrota nepal

काठमाडौं । दर्शक स्रोता नेपाल सामाजिक संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सो सभाले उपाध्यक्ष सन्तोष बजगाइको कार्यप्रगति विवरण र भावि कार्ययोजना प्रतिवेदन र कोषाध्यक्ष विनोद नेपालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । सभाले रिक्त भएको कार्यसमितिको एक सदस्य पदमा सन्तोष दाहाललाई चयन गरेको छ ।

सो सभामा समाजसेवी नृपवहादुर शाह, संस्थाका सल्लाहकार ओम भण्डारी, अजय अलङ्कार कुलुङ लगायतले संस्थाले गरेको कार्यप्रति प्रसंसा गर्दै आगामी दिनमा पनि संस्था निरन्तर अघि बढ्नेमा आशा व्यक्त गरे ।

सो संस्थाले तेस्रो साधारणसभामा संस्थापक सदस्यहरुलाई सम्मान गरेको छ । सो अवसरमा एक दर्जनभन्दा बढीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष केशव भट्ट, उपाध्यक्ष सन्तोष बजगाई, महासचिव केशरलाल विश्वकर्मा, सचिव पार्वती तिवारी, कोषाध्यक्ष भवानी राउत र सह–कोषाध्यक्ष रञ्जना अधिकारीलाई सम्मान गरेको छ ।

त्यसैगरी सदस्यहरु सविना सिवाकोटी, भरत विश्वकर्मा, पृथ्वीकुमारी पुलामी, जीवन थापा तथा आजीवन सदस्यहरु श्यामप्रसाद घिमिरे र क्यानोपस टेक्नोलोजी प्रालिका प्रवन्ध निर्देशक विकास श्रेष्ठलाई समेत सम्मान गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...