दिल्लीमा रहेका ढकाल भेटघाटमै व्यस्त
काठमाडौं । भारत भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भारतीय नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका ढकालले भारतीय उपराष्ट्रपति वेंकैया नायडूसँग शिष्टाचार भेट गरेका छन् । दिल्लीस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल भारतबीचको सम्बन्ध थप प्रगाड बनाउने बिषयमा कुराकानी भएको थियो ।
सो भेटमा सहभागी नेपाल परिवार दलका प्रबक्ता सन्तोष पौडेलका अनुसार सो भेटमा उपराष्ट्रपति नायडूले भारत सधैं नेपालमा स्थिरता र विकास भएको देख्न चाहने बताए ।
सो भेटमा भारतीय सांसद भुवनेस्वार कलिता, पूर्वराजदुत केभी राजन लगायतका भारतीय नेताहरुको सहभागीता थियो ।
प्रतिकृया दिनुहोस