नेपाल-भारत सीमा क्षेत्रमा ३ मजदुर लुटिए

Lootera

भीमदत्तनगर । भारतको सिमलाबाट मजदुरी गरेर घर फर्किरहेका ३ नेपाली युवक कञ्चनपुरको पश्चिमी नेपाल–भारत सीमा क्षेत्रमा लुटिएका छन् ।

उनीहरुलाई महाकाली नगरपालिका– १ स्थित बैलबन्द सामुदायिक वन क्षेत्रमा लुटपाट गरी छाडेर गएको इलाका प्रहरी कार्यालय दोधारा चादँनीले जनाएको छ ।

लुटिनेमा कैलालीको लम्कीचुहा नगरपालिका– ९ प्रतावपुरका १६ वर्षीय गौरभ चौधरी, २१ वर्षीय राजेश चौधरी र धनगढी उपमहानगरपालिका– १ का ३२ वर्षीय श्रवण राना रहेका छन् ।

अर्धचेत अवस्थामा रहेका तीनै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । ‘बनवासा पुल नजिकै पेयपदार्थ (चिसो) खुवाएर हामीलाई कता लगे थाहा नै पाएनांै ।’ गौरभले भने ।

लुटेरा समूह ३ जना नेपाली भाषी नै थिए । लुटेराहरुले आफूसित रहेको नगद, मोबाइल सेटका साथै अन्य सरसामान लुटेर लगेको उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...