सडक आयोजनाका इन्जिनियर घुस रकमसहित पक्राउ
तम्घास । सडक आयोजनाका सबइन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् ।
तम्घास–सिमलटारी प्युठान सडक आयोजनाका सबईन्जिनियर प्रकाश झालाई आफ्नै कोठाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलील शनिबार विहान पक्राउ परेका हुन् ।
ईन्जिनियर झाले घुस मागेको सूचनाको आधारमा अख्तियारको टोलीले छापा मारेको थियो । घटनाबारे आयोगले थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस