पुनर्निर्माणका लागि भारतले २ अर्ब दियो

Anudan

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा प्रतिबद्धता जनाएको भारतले अनुदान रकममध्ये पहिलो किस्ता शुक्रबार हस्तान्तरण गरेको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले अर्थ सचिव डा. राजन खनाललाई शुक्रबार २ अर्ब १० करोड ४३ लाखको चेक हस्तान्तरण गरे ।

भारतले भूकम्पपछि आयोजना गरिएको दाता सम्मेलनमा १ खर्ब रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको थियो । २०७२ फागुन ८ गते नेपाल र भारत सरकारबीच नुवाकोट र गोरखा जिल्लाका ५० हजार घरको पुनर्निर्माणका लागि भारत सरकारले १० अर्ब रुपैयाँ सहयोग गर्ने सहमति भएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २५ अर्ब अनुदानमध्ये पहिलो किस्तामा ४ अर्ब उपलब्ध गराउन आग्रह गरेको थियो । तर भारतले हाल २ अर्ब १० करोड मात्रै दिएको छ ।

यो रकम नुवाकोट र गोरखा जिल्लाका ४२ हजार ८६ निजी घरहरुको अनुदान रकमको पहिलो किस्ताका लागि उपयोग हुने छ ।
नेपालको पुनर्निर्माणमा भारतले १ खर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यसमा ७५ अर्ब सहुलियत ब्याजदरको ऋण र २५ अर्ब अनुदानको हिस्सा हुने भनिएको थियो । अनुदानमध्ये १० अर्ब निजी आवास निर्माणमा खर्च हुनेछ । त्यसमध्ये ७५ अर्ब ऋण आयात(निर्यात (एक्जिम) बैंकमार्फत लिन नेपाल सरकारलाई आग्रह गरेको छ ।

भारतीय सरकारको जमानीमा एक्जिम बैंकले नेपाललाई वाषिर्क १ प्रतिशत ब्याजदरमा ऋण दिने छ ।

भारतले पशुपतिनाथका साथै अन्य पुरातात्विक सम्पदा पुनर्निर्माणमा चासो देखाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...