अविरल वर्षाले जाजरकोट-डोल्पा यातायात सेवा अवरुद्ध

Jajarkot nh

जाजरकोट । निरन्तर परेको अविरल वर्षाले जाजरकोट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो ।

पहिराले सडक भत्काएपछि खलंगामा मोटरसाइकलसमेत चल्न सकिरहेका छैनन् । यातायातका साधन चल्न नसकेपछि यात्रु पैदल हिँड्न बाध्य छन् ।

शान्तिचौतारा बसपार्क नजीकै रहेका खहरेकोला, ठाँटीबजार, सिमलगैरीलगायत ठाउँमा पहिरो जाँदा आवतजावत गर्न समस्या भएको छ ।

गाउँबाट सदरमुकाम आउने र सदरमुकामबाट बाहिर जाने यात्रु पैदल हिँड्न बाध्य भएका छन् । वर्षातमा हुने सडक अवरोध खोल्नका लागि भेरी नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट २ लाख २६ हजार भुक्तानी दिने गरी ३ महीनाका लागि स्काभेटर भाडामा लिएको छ । ३ महीनाका लागि भाडामा लिइएको स्काभेटरको समयावधि १ महीना बितिसकेको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलवासेले जानकारी दिए ।

१ महिनामा उक्त स्काभेटरले वडा नं १ को कालेगाउँ, २ को रिसाङ–तातोपानी, ४ का फूलबारी र कारागार रोड, ५ र ६ का बोहरा, छिप्रेना नेटीबजार रोड र वडा नं ८, ९ र १० को भुर–स्याउली रोडमा माथिबाट आएको पहिरो फाल्ने काम गरेको प्रमुख प्रशासकीय अधिकृत बेलवासेले बताए ।

खलंगा र खलंगा–पाँचकाटिया सडकलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले हेरिरहेको हुँदा उक्त सडकको भत्किएका संरचना नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट बन्न नसक्ने नगरपालिकाका प्राविधिकको भनाइ छ ।

अवरुद्ध सडकलाई तत्काल सञ्चालन गर्नलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले नै गर्नुपर्ने सदरमुकामवासीले माग राखिरहेका छन् । सडक विभागले निर्माण गरेका सडकमा पर्खाल राम्रोसँग निर्माण नगर्दा ठाउँ ठाउँमा पहिरो गएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...