मोवाइल चोरी गर्दैै हिँड्ने २ भारतीय पक्राउ

Mobile chori

गोरखा । श्रृङ्खलावद्ध रुपमा मोवाइल चोरी गरेको आरोपमा २ भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको मोतिहारी जिल्लाका २० बर्षका जावेद आलम र ३० बर्षका सुरेश शाहलाई बिहीबार बारा जिल्लाको नेपाल भारत सीमानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गत असार ३० गते विहान करिव ४ बजे उनीहरुले गोरखा नगरपालिका(६ पुरानो बसपार्कस्थित नमस्ते मोवाइल पसल चोरी गरेका थिए । पसलको सटर फुटाएर उनीहरुले ओप्पो मोवाइल १४ थान, सामसुङ मोवाइल २ थान, घडी ३० थान, ब्लुटुथ हेडफोन ५ थान र नगद ८ हजार गरी करिव ५ लाख भन्दा बढिको चोरी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

त्यस्तै तनहुँ, उदयपुर, दाङलगायतका जिल्लामा भएको मोवाइल पसल चोरीको घटनामा पनि सोही समूह संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बिमल बस्नेतले बताए ।

पक्राउ परेका आलम र शाहबाट ४ थान ओप्पो मोवाइल र १२ थान सामसुङ मोवाइल सेट बरामद गरिएको उनले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई चोरी मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएको बस्नेतले बताए ।

गत असार ३० गते गोरखामा मोवाइल पसलमा चोरी भएको जानकारी आएपछि प्रहरीले संलग्नहरुको खोजी गर्न सुरु गर्यो । आलम र शाह मोवाइल पसल चोरेर ट्याक्सी लिएर मुग्लिन गएको प्रहरीले अनुसन्धानमार्फत पत्ता लगायो । उनीहरुले चोरी गर्नु अघिल्लो दिनमै ट्याक्सी बुक गरेका थिए । प्रहरी ट्याक्सी चालकमार्फत उनीहरुसम्म पुगेको हो ।

त्यसपछि प्रहरीले उनीहरुको मोवाइल नम्बर ट्रेस गर्न शुरु गर्यो । ‘फलो गर्दै जादा उनीहरुको लोकेसन बारा देखायो । बारामा पुगेर सिमकार्ड निकालेछन्’ एसपी बस्नेतले भने । लगत्तै गाईघाटमा पनि मोवाइल पसल चोरी भयो भन्ने खबर आयो । त्यहाँको सीसीटीभी फुटेजमा हेर्दा चोरी गर्ने व्यक्ति एउटै भेटियो ।

‘त्यसपछि हामीले प्रहरी अधिकृत नेतृत्वको टोली त्यतै खटायौं । प्रदेश प्रहरी सँग आवश्यक समन्वय गर्यौ र भारतय प्रहरीले पनि सहयोग गरे । थप अनुसन्धान गर्दै जादाँ सिमानाबाट उनीहरुलाई पक्राउ गर्न सफल भयौं’ बस्नेतले भने । अन्य जिल्लामा भएको चोरीको घटनामा पनि उनीहरु नै संलग्न रहेको अनुसन्धानबाट खुलेको उनले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...