साथीको घर पढ्न गएकी बालिका मृत फेला
कञ्चनपुर । विहिबार बिहान ११ बजे साथीको घर साथीसँगै पढन हिडेकी १३ वर्षकी बालिका निर्मला पन्तको शव उखू बारीमा फेला परेको छ ।
शुक्रबार विहान ८ बजे भीनपा-१८ स्थित पत्थरपुरमा बेलुका ५, ६ बजेसम्म घर नआउदा आमाले अहिलेसम्म छोरी घर नआएको भन्दै खोज तलासी शुरु गरी निम्बुखेडा-१८ बस्ने साथी रोशनी बमको घर पुगेर खबर बुझ्दा उनी दिउँसो २ बजे त्यहाँबाट आफ्नो घर हिडे्की उनको साथीले बताएपछि केही बेर स्थानिय र आफ्न्तले खोज तलास गर्दा नभेटिएपछि राती ९ बजे निम्बुखेडा स्थित प्रहरी बिटमा खबर गरेका थिए ।
आफुहरु पनि माथिको निर्देशनमा हिडनु पर्ने र सोही समयमा हल्दुखालस्थित १ गोठमा आगो लागेकोले प्रहरीको एक टोली आगो निभाउन गएको हुदाँ भोलि विहान (शुक्रबार) देखि नै खोजतालासी गर्ने प्रहरी बिटका इन्र्चाजले बताएको स्थानिय विमला पन्तले बताईन् ।
शुक्रबार विहान ८ बजे स्थानियले बालिकाको कपि र साईकल देखेपछि खोजि गर्दै जाँदा भीनपा-१८ स्थिीत पत्थरपुरको उखुबारीमा उनको शव फेला परेका हो ।
प्रारम्भीक अनुसन्धानमा बालिकाको बलात्कार गरी हत्या गरिएको देखिन आएको प्रहरीको भनाई छ ।
आफुहरु हिजो राती देखि नै बालिकाको खोजीमा रहेको र हत्याको सत्य तथ्य पत्ता लगाउन अनुसन्धान चलिरहेको इन्र्चाजले बताए ।
भीनपा २ सरस्वती टोल, उल्टाखाम बस्दै आएकी पन्त कक्षा ९ मा सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत थिइन् । आर्थिक अवस्था निकै कमजोर रहे पनि उनि पढाईमा राम्रो हुनुका साथै आफ्नो टोलमा पनि राम्रो बालिकाको रुपम चिनिएको स्थानियहरुको भनाइ छ ।
बुवा यज्ञराज पन्त भारतमा काम गर्दै आएका छन् भने आमा दुर्गा पन्त भारतबाट साईकलमा समान ल्याई आफु र आफ्ना ३ छोरीको पालन पोषण गरी रहेकी छिन् ।
प्रतिकृया दिनुहोस