धनकुटाको सहिदभुमीमा एकीकृत घुम्ती शिविरमा वडाबासीको घुइँचो

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले एकीकृत घुम्ती शिविरलाई तीव्र बनाएको छ । सो शिविरमा वडावासीहरुको सहभागीता व्यापक रहेको छ ।
सहिदभूमि गाउँपालिकाले पछिल्लो समयमा पशुपंन्क्षीमा लाग्ने महामारीजन्य रोग नियन्त्रण तथा रोगथामका लागि सबै वडाहरुमा एक दिने एकीकृत घुम्ती शिविर शुरु गरेको छ । हिजो वडा नं २ बाट शुरु भएको सो एकीकृत घुम्ती शिविर अन्तर्गत आज वडा नं. ३ पञ्चकन्यामा सम्पन्न भएको छ ।
आज वडा नं. ३ मा भएको सो शविरमा ७० जना मानिसहरुले स्वास्थ्य जाँच गराएका छन् । तयसमा ७ जनाको इसिजी गरिएको छ भने २० जनाको सुगर परिक्षण गरिएको छ । त्यसैगरी सोही शिविरमा २ जनालाई अपांग परिचय पत्र वितरण गरिएको गाउँपालिकाको स्वास्थ शाखा प्रमुख फकिर महोमदले जानकारी दिए । सो शिविरमा ग्याष्टिक, हात जोर्नीको समस्या भएका साथै अन्य रोगका विरामीले समेत जाँच गराएका थिए ।
त्यसैगरी सो घुम्ती शिविरमा १ सय ४१ घरधुुरी किसानले आफ्ना पशुपंक्षीको जाँच गराएका छन् । आज ३४० वटा गाई, ५३ वटा भैसी, १ हजार १० वटा बाख्रा, २ सय ५५ वटा बंगुर र १२ सय ७४ वटा कुखुरालाई महामारी जन्य औधषीहरु वितरण गरिएको पशु शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए । शाखा प्रमुख पौडेलका अनुसार आज २२ वटा कुकुरलाई रेविज विरुद्धको खोप पनि लगाइएको छ ।
सहिदभुमी गाउँपालिकाको आयोजनामा हिजोदेखि शुरु भएको एकीकृत घुम्ती शिविरको गाउँपालिका अध्यक्ष मनोज राईले किसानलाई पशुमा लाग्ने रोगको उपचारका लागि प्रयोग हुने औषधी प्रदान गर्दै शिविरको उद्घाटन गरेका थिए । समे शिविरमा गाउँ पालपकाको प्रमुख प्रशासकीय अधिकृत सुर्यबहादुर भण्डारी, लेखा शाखा प्रमुख नितेस कुमार यादव, स्वास्थ शाखा प्रमुख फकिर महोमद लगायतको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस