सिधुवामा आधारभुत उद्यमशीलता विकास तालिम शुरु

Sidhuwa talim

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिधुवामा आधारभुत उद्यमशीलता विकास तालिम शुरु भएको छ ।

छथरजोरपाटी सामुदायीक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा आजदेखि शुरु भएको सो तालिममा छथरजोरपाटी गाउँपालिकाभित्रका २५ जनाको सहभागीता रहेको छ ।

तीन दिने सो तालिममा पालिकाभित्र रहेका उद्यमीलाई उद्योग दर्ता, नविकरण, बैंकिङ सेवासुविधा, उद्यमीको क्षमताको विकास, व्यवसायको छनौट गर्ने तरीका, लगानी तथा असुली आदी विषयमा प्रशिक्षण दिइने छ ।

सो तालिमको उद्घाटन कार्यक्रममा छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, वडा नं. ६ का वडा अध्यक्ष दिपक गुरुङ, प्रशिक्षक गणेश खड्का लगायतले स्थानीय स्तरबाटै उद्यमी बनेर स्वरोजगार बन्नसके विदेश पलायन रोक्न सकिने बताए ।

पुस्तकालयका अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षतामा भएको सो तालिमको सञ्चालन सचिव पदम बहादुर भट्टराईले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...