एपिएफ पुग्यो भीमनारायण गोल्डकपको फाइनलमा

Vim narayan cup

धनकुटा । सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ टोली धनकुटामा जारी १६औँ संस्करणको शहीद भीमनारायण गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा राष्ट्रिय जागृति क्लब सुनसरीलाई ट्राइव्रेकरमा ३–२ ले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । उपाधीका लागि एपिएफले शुक्रबार झापाको बिर्तामोड युनाइटेड क्लब झापा र आयोजकबीच हुने दोस्रो सेमिफाइनल विजेतको सामना गर्नुपर्ने छ ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको मध्यान्तरपछि आक्रामक रुपमा प्रस्तुत भएको एपीएफले राष्ट्रिय जागृतिलाई दबावमा राख्न सफल भएको थियो । दुवै टिमले केही अवसरहरु पाए पनि त्यसलाई गोलमा परिणत गर्न भने सकेनन् ।

आजको म्यान अफ द म्यान एपिएफमा गोल रक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले पेनाल्टी सुटआउटमा जागृतिको प्रहारलाई रोक्न सफल भएका थिए ।

प्रतिकृया दिनुहोस