भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ८ हजार नजिक, टर्की सरकारले संकटकाल घोषणा

Earth quake in turkey

काठमाडौं । टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार पुगेको छ । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको हो ।

भूकम्पले मानवीय र भौतिक क्षति धेरै भएपछि टर्की सरकारले संकटकाल घोषणा गरेको छ । अमेरिका, चीन, रुस, बेलायत लगायतका देशले खोज तथा उद्धार कार्यमा सघाइरहेका छन् ।

टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको पनि सोमबारको भूकम्पमा परि निधन भएको छ । तुर्कास्तानले व्यावसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टि गरेको हो ।

भग्नावशेषहरुमा खोजी र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अत्यधिक चिसो मौसमका बाबुज हाल उद्धार तथा राहतको काम तीव्र पारिएको छ ।

टर्कीका सहरहरुमा भूकम्प पीडितहरु नै उद्धार कार्यमा सक्रिय रहेको बीबीसीले जनाएको छ । कतिपय पीडितहरुले उद्धार कार्य ढिलो भइरहेको गुनासो पनि गरेका छन् ।

गत सोमबार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा टर्की र सिरियाको सीमा क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टापछि नै ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...