काठमाडौंसहित देशभर वर्षा हुँदा जनजीवन प्रभावित, मधेशमा ६ महिनापछि छिटफुट वर्षा

Mausam news

काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ । बुधबार बिहानैदेखि काठमाडौंसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको हो ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको हो । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

६ महिना लामो खडेरीपछि आज मधेश प्रदेशका केही जिल्लामा छिटपुट वर्षा भएको छ । अहिले मधेश प्रदेश अन्तर्गतका सर्लाही, महोत्तरी, रौतहट लगायतका जिल्लामा सानोतिनो वर्षा भइरहेको छ । ती जिल्लामा बिहानैदेखि घाम लागेको छैन ।

मधेशका जिल्ला गएको दसैँयता पानी परेको छैन । पानी नपर्दा किसानले लगाएका बालिनाली चौपट भएको छ । आज छिटफुट रुपमा भए पनि वर्षा हुँदा किसानहरु खुसी देखिएका छन् ।

बुधबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै मौसम सफा नहुँदा आन्तरिक उडानसमेत प्रभावित बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...