सरकारले पेट्रोलियमबाट पैसा उठाउने काम बन्द गर्नुपर्छ : डा. मीनेन्द्र रिजाल

Dr minendra rijal

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा। मीनेन्द्र रिजालले सरकारले जे आवश्यकता पनि पेट्रोलियमको करबाट असुल्ने प्रवृत्ति बन्द हुनुपर्ने बताएका छन् । एमाले सांसद विशाल भट्टराईले महँगीविरुद्ध संसद्मा संसद्मा प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा बोल्दै सांसद रिजालले सुरुमा डिजेल र पेट्रोलमा एक रुपैयाँ कर लगाउनु उपयुक्त भए पनि सरकारहरुले अन्य कर बढाउँदै जाँदा समस्या निम्तिएको बताए ।

“पहिले पेट्रोल र डिजेलमा सडक निर्माणका लागि एक रुपैयाँ कर लगाउँदा भइरहेकै थियो । पछि बूढीगण्डकीका नाममा १० रुपैयाँ उठाइयो र पूर्वाधार कर भन्दै उठाइराखियो,” डा। रिजालले भने, “अन्य क्षेत्रमा पनि सरकारलाई पैसा चाहियो पेट्रोलियममै कर लगाउने कुरा गलत छ ।” 
उनले पेट्रोलियम पदार्थबाटै विभिन्न नामका करबाट सरकारका आवश्यकता पूरा गर्ने कुरा विगतदेखि नै बेठीक भएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...