प्रतिनिधिसभा बैठक भदौ २९ सम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ ।
नेकपा एमालेले लगातार अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ सम्मका लागि स्थगित गर्ने निर्णय गरेका हुन् । एमालेले संसद बैठक निरन्तर अवरोध गर्दै आएपछि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थालेका थिए ।
आइतबार १५ मिनेट बैठक स्थगित गरेर उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरेका थिए ।
पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । एमालेल निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थालेका थिए ।
उनीहरुले संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फूटाउने षड्यन्त्र मुर्दावाद लगायतका नारा लगाइरहेका थिए ।
प्रतिकृया दिनुहोस