मृगौला पीडितलाई पदयात्रा समुहको आर्थिक सहयोग

Padyatri help

धनकुटा । मृगौला फेल भई काठमाडौंमा उपचार गराइरहेका धनकुटाका सुवास थापालाई पदयात्रा समुहले आर्थिक सहयोग गरेको छ ।

प्रकृतिसँग रमाउँदै स्वास्थको लागी पदयात्रा समुह धनकुटाले शनिबार पदयात्राका क्रममा धनकुटा नगरपालिका वडा नं. ३ निवासी सुवास थापाका वुवा गोपाल थापालाई पदयात्रा समूहका अध्यक्ष मनोज नारायण श्रेष्ठले १० हजार रुपैयाँ हस्तान्त्रण गरे ।

सुवास थापाको त्रिवी शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । उनको मृगौला प्रत्यारोपाणको तयारीमा रहेकाले आर्थिक सहयोग गरेको हो । सो अवसरमा पदयात्राका संरक्षक इश्वर श्रेष्ठ, कोषाध्यक्ष उद्धव श्रेष्ठ, सदस्य निलेश श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा संरक्षक इश्वर श्रेष्ठले सरकारले मृगौला पीडितलाई दिने अनुदानले जनतालाई सहज बनाइएको बताए । उनले सरकारले जनमुखी काममा ध्यान दिनुपर्नेमा जोड दिए ।

पदयात्री समुहले देशका विभिन्न स्थानहरुको भ्रमण गर्ने गरेको छ । सो समुहले पर्यटन क्षेत्रको विकासको सम्भाव्यताबारे अध्ययन गर्दै सरोकारवालाको ध्यानाकर्षण गराउने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...