एमसीसी अगाडी बढाए थेग्नै नसक्ने गरी आन्दोलन गर्ने विप्लव समूहको चेतावनी
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी विरुद्ध आन्दोनको कार्यक्रम घोषणा गरेको छ । शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले आन्दोलनको घोषणा गरेको हो ।
पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमसीसीलाई रोक्न चेतावनी दिंदै आगामी भदौ २८ गते काठमाडौँमा आन्दोलनको घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै नेता खड्काले एमसीसीलाई अगाडी बढाउन खोजे देशमा थेग्नै नसक्ने गरी आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने पनि उल्लेख गरे ।
‘माग सम्बोधन भएन भने एकपटक जनतासँग संवाद गर्छौ र फेरि आन्दोलनमा जान्छौँ,’ उनले भने, ‘हामीलाई फेरि आन्दोलनमा धकेल्ने प्रयास नगरोस् ।’ उनले भने ।
त्यस्तै उनले एमसीसीमा विदेशी शक्तिको ठुलो स्वार्थ भएको भन्दै त्यसलाई नेपालले अनुमोदन गरे नेपालले आगामी दिनहरुमा ठुलो क्षति व्यहोर्नुपर्ने कुरा उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस