आवश्यक संशोधनसहित एमसीसी सम्झौता स्वीकार गर्न सकिन्छ : नेता भट्टराई

Yogesh bhatrai

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले एमसीसी सम्झौता अस्वीकार नै हुनुपर्छ भनेर आफ्नो पार्टीले नभन्ने बताएका छन्।

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता भट्टराईले आवश्यक संशोधनसहित एमसीसी सम्झौता स्वीकार गर्न सकिने स्पष्ट पारे।

‘एमसीसी रिजेक्ट गर्नुपर्छ, हुँदै हुन्न भन्ने हाम्रो धारणा होइन’, उनले भने, ‘आवश्यक संशोधन गरी संसदबाट पारित गर्न सकिन्छ।’

उनले उक्त सम्झौता सरकारले संसदमा टेवल नगरेसम्म एमालेले त्यसबारे आधिकारिक निर्णय नदिनेसमेत उल्लेख गरे।

‘सरकारले संसदमा के कसरी टेबल गर्छ, सोहीअनुसार पार्टी अघि बढ्छ’, प्रवक्ता भट्टराईले थपे, ‘पहिले सरकार स्पष्ट हुनुपर्‍यो । संसदमा संशोधनसहित पेश गर्ने कि जस्तातस्तै पेश गर्ने स्पष्ट हुनुपर्छ।’

त्यसैले हाललाई एमसीसीबारे नेकपा हुँदा पार्टी नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले दिएको सुझाव नै एमालेको आधिकारिक रहेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...