नेपालकै सफल व्यवसायी रुक्म शमशेर राणाको निधन

Rukma shamsher rana

काठमाडौं । व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रवन्धक निर्देशकसमेत बनेका राणाको काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो ।

डाबर नेपालका साझेदारसमेत रहेका उद्योगी रुक्मशम्शेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला, सुगर र प्रेसर रोगबाटपीडित उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको परिवारजनले जानकारी दिएको छ ।

नेपाल(भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्षसमेत रहेका राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन् ।

राणा मिर्गौला, मधुमेह र रक्तचाप सम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए । नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरा रहेका उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए ।

उनी राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव पनि बनेका थिए । उनको शनिबार दाहसंस्कार गरिने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...