कांग्रेस महाधिवेशन : सबै अधिवेशनको कार्यतालिका हेरफेर, रोकिएका वडा अधिवेशन ५ असोजमा
काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । केन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो ।
यसअघि कांग्रेसले कांग्रेसको ३० साउनको केन्द्रीय समिति बैठकले २७ भदौमा पालिका अधिवेशन, १ असोजमा प्रदेशसभा क्षेत्रीय अधिवेशन, ५ असोजमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन र १० असोजमा जिल्ला अविधेशन हुने गरी कार्यतालिका सार्वजनिक गरिएको थियो ।
शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संशोधित महाधिवेशन तालिका प्रस्ताव गरेका हुन् । पदाधिकारी बैठकमा नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन् ।
जसअनुसार २७ भदौको पालिका अधिवेशन ९ असोजमा, १ असोजको प्रदेश सभा क्षेत्रीय अधिवेशन ११ असोजमा, एक मात्र प्रतिनिधिसभा जिल्ला अधिवेशन ५ असोजको १३ असोजमा, एकभन्दा बढी भएका जिल्ला १० असोजको १६ गते असोजमा प्रस्ताव गरिएको कांग्रेस सहमहामन्त्री डा.।प्रकाशशरण महतले जानकारी दिए ।
प्रदेश अधिवेशन १०–१२ कात्तिकमा र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा हुनेछ । २० जिल्लामा रोकिएको वडा अधिवेशन ५ असोजमा हुने नेता महतले बताए ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १८ भदौबाट वडा अधिवेशन शुरु भइसकेको छ । देशभर एकैदिन गर्ने भनिए पनि अहिलेसम्म जम्मा ५७ जिल्ला मात्रै वडा अधिवेशन भएको छ । बाँकी २० जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर देशभर एकैदिन पालिका अधिवेशन गर्न माग गरेका थिए । महाविधेशन कार्यतालिकामा २७ भदौमा पालिका अधिवेशन हुनुपर्नेछ तर २० जिल्लाको क्रियाशील सदस्यता टुंगिन बाँकी छ ।
प्रतिकृया दिनुहोस