आज मौसम सफा रहने, अबको ३ दिन ठूलो पानी नपर्ने

Sunny day weather

काठमाडौँ । आज देशभरका अधिकांश स्थानको मौसम सफा रहने छ । हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव छ । साथै मनसुन न्यूनचापीय रेखा औसत स्थान नजिक छ ।

अहिले बिहान कर्णाली र सुदूरपश्चिका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् समीरकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अब तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना देखिएको छैन । दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

असोजको पहिलो हप्तासम्म नै यो वर्षको मनसुन रहने भएकाले अबको तीन दिन मनसुन कमजोर भए पनि फेरि पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रिएर ठूलो पानी वा लगातार झरी पर्ने सम्भावना पनि रहने सक्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...