मन्त्रिपरिषदलाई पूर्णता दिने कसरतमा गठबन्धन, आज ९ बजे बैठक बस्दै

Satta gathabandhan miting

काठमाडौं । सत्तारूढ गठबन्धन सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा जुटेका छन् । हिजो बिहीबार पनि विभिन्न चरणमा छलफल गरेका गठबन्धनका नेताहरुले आज पनि छलफललाई निरन्तरता दिने भएका हुनेछ ।

हिजो दुई भिन्नाभिन्नै बैठक गरेका नेतहरूले आजको बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याउने समझदारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी ९जसपा०ले मन्त्रिपरिषद् विस्तारका लागि आज पनि छलफलमा जुट्ने भएका छन् ।

बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल हुने स्रोतले जनायो ।

२०७४ भदौ २९ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार र एमसीसीबीच ५ सय मिलियन डलर (करिब ५५ अर्ब रुपैया) अनुदान सहयोग सम्बन्धी सम्झौता भएको थियो ।

सम्झौता अनुमोदन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० मा प्रतिनिधिसभामा दर्ता गराएको थियो । तर दलहरूबीच सहमति हुन नसक्दा संसदबाट अनुमोदन हुन सकेको छैन ।

यता, बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल हुनेछ । सम्झौता अनुमोदन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० मा प्रतिनिधिसभामा दर्ता गराएको थियो । तर दलहरूबीच सहमति हुन नसक्दा संसदबाट अनुमोदन हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...