आज यी प्रदेशहरुमा भारी वर्षा हुने, शनिबारसम्म मध्यम वर्षाको सम्भावना
काठमाडौं । बिहीबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार र शनिबार पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ ।
विभागले आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । त्यस्तै देशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहेर खोलामा पानीको सहत बढ्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।
प्रतिकृया दिनुहोस