सभामुखलाई एमालेले सोध्यो, दल विभाजनको मतियार किन बनेको हो ?
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटा दल विभाजनको मतियार बनेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुखलाई यस्तो आरोप लगाएका हुन् ।
सापकोटाले एमालेका १४ सांसदहरुलाई कारबाही नगरेको भन्दै एमालेले संसद बैठक अवरुद्ध गरेको छ । बैठक अवरुद्ध भएपछि १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक भट्टराईले भने, “तपाईं एमाले विभाजनको सारथी किन बन्नुभयो ? किन सहयोगी बन्नुभयो ? दल विभाजनका लागि किन मतियार बन्नुभयो भन्ने प्रश्न यो सम्मानित संसद समक्ष उठाउन चाहन्छौं।”
प्रतिकृया दिनुहोस