मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री शाक्य, यी हुन् थपिने मन्त्री (सूचीसहित)
काठमाडौँ । बागमती प्रदेश सरकार आज विस्तार हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ४ मन्त्री र ५ राज्यमन्त्री थप गरेर मन्त्रिमण्डल विस्तार गर्न लागेकी हुन्।
भदौ २ गते मुख्यमन्त्री बनेकी उनले यसअघि २ सदस्य मन्त्रिमण्डल बनाएकी थिइन्। एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टीमा नगएका सांसदलाई समेटेर मुख्यमन्त्री शाक्यले मन्त्रिमण्डल विस्तार गर्न लागेकी हुन्।
थपिएका मन्त्रीहरुको आजै शपथको कार्यक्रम राखिएको बताइएको छ ।
यी हुन् आज थपिने मन्त्री
१.सिन्धुली, प्रदीप कटुवाल
२.रामेछाप, शान्तिप्रसाद पौडल
३.काभ्रे, चन्द्र लामा
४.काठमााडौँ, अजय कान्ती
५.चितवन, विजय पौडेल
६.दोलखा, रचना खड्का
७.मकवानपुर, जुनेली माया श्रेष्ठ
८.भक्तपुर, सरस्वती वाटी
९.नुवाकोट, बद्री मैनाली
प्रतिकृया दिनुहोस