एमसीसी मुलुकको हितमा नरहेको एमालेको निष्कर्ष

240880988 6030177233722026 2060864885616773955 n

काठमाडौँ । नेकपा एमालेले एमसीसी मुलुकको हितमा नरहेको बताएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको संसदीय दलको बैठकले एमसीसी देशको हितमा नरहेको निष्कर्ष निकालेको जानकारी दिएका हुन्।

आज नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा एमाले संसदीय दलको बैठक जारी छ।

‘सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ताजस्तो भएको,  एमसीसी मुलुकको हितमा नरहेको, निर्वाचन आयोग एमाले टुक्र्याउन उद्दत रहेको, जयसिङ धामीको घटनामा सरकारी व्यवहार भारतीयसामु लम्पसारवादी देखिएकोजस्ता विषयमा एमाले मुकदर्शक बस्न अवश्य सक्दैन,’ सचेतक भट्टराईले भनेका छन्, ‘आजको बैठकको निष्कर्ष यही हो।’

आज अपराह्न ४ बजे संसद् बैठक बस्दै छ। एमालेले उल्लिखित मुद्दा उठाउँदै संसद् बैठक अवरुद्ध गर्ने तयारी गरेको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...