एमालेसँग काँग्रेस लड्न डरायो तर माधव नेपालको प्युसो लड्ने सपना देख्छ : ओली

Kp oli

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नेपाली काँग्रेस लड्न डराएको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग काँग्रेस लड्न आँट नगरेको तर भर्खर निर्वाचन आयोगबाट मान्यता पाएको माधवकुमार नेपाल नेतृत्वको पार्टी लड्न खोजेको बताएका हुन ।

कार्यक्रममा बोल्दै उनले भने, ‘एमालेसँग काँग्रेस लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ ।’ ओलीले आफू नेकपाको अध्यक्ष र प्रधानमन्त्री हुँदा पनि माधव नेपालले आफूलाई देख्न नसकेको उल्लेख गरे ।

ओलीले संसद्ले काम गर्न पनि नसक्ने र बच्न पनि नसकेपछि आफूले दुइपटकसम्म संसद विघटन गरेको दाबी गरेका छन् । आफूले आवश्यकताअनुसार संसद विघटन गरेको भएतापनि सर्वोच्च अदालतले आफ्नै छुट्टै नियम बनाएर संसद विघटन बदर गरेको उनको तर्क छ ।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...