गृह मन्त्रालयका अभिव्यक्ति स्वतन्त्रता विरोधी विज्ञप्ति सच्याउन पत्रकार महासंघको माग

1545367148

काठमाडौँ । गृह मन्त्रालयले अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी जारी गरेका दुईवटा विज्ञप्ति सच्याउन नेपाल पत्रकार महासंघले मंगलबार माग गरेको छ।

गृह मन्त्रालयले भदौ १८ गते र २० गते बेग्लाबेग्लै विज्ञप्ति जारी गरी नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने खालका चेतावनीहरु दिएको थियो।

पत्रकार महासंघले मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने नियत रहेको उल्लेख छ।

गृह मन्त्रालयले भदौ १८ मा जारी गरेको विज्ञप्तिमा मित्रराष्ट्रका सहयोगमा सञ्चालित परियोजना र त्यसमा काम गर्ने कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्ति लक्षित गरी नकारात्मक टिप्पणी गर्न र धम्कीपूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको थियो ।

भदौ २० मा जारी गरिएको अर्को विज्ञप्तिमा भने छिमेकी देशका प्रधानमन्त्रीविरुद्ध भएको विरोध प्रदर्शनप्रति आपत्ति जनाइएको थियो। महासंघले मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको निश्कर्ष निकालेको छ।

महासचिव रोशन पुरीले मंगलबार विज्ञप्तिमार्फत संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह समेत गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...