एमाले अध्यक्ष ओलीको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुद्दामा सर्वोच्च अदालले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले उक्त रिटमा अन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न २८ गते दुवै पक्षलाई झिकाउने आदेश दिएको छ।
एमालेले माधवकुमार नेपालसहित १४ र लुम्बिनीका २ सांसद पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगराएको भन्दै प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीविरुद्ध रिट दायर गरेको थियो।
त्यस्तै एकीकृत समाजावदीको दर्ता गैरकानूनी भएको भन्दै बदर गर्न मागसहित निर्वाचन आयोगविरुद्धको रिटमा लिखित जवाफ मागेको छ ।
राणाको एकल इजलासले १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ मागेको हो । आदेशअनुसार जवाफ आएको तेस्रो दिनदेखि निरन्तर सुनुवाइ हुनेछ ।
प्रतिकृया दिनुहोस