अफगानिस्तानबाट ८६० जना नेपालीको उद्धार

Airport afganistan

काठमाडौँ । अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरि स्वदेश फर्काउने क्रमजारी रहेको जनाउँदै सरकारले त्यहाँबाट बिहीबार राति दुई र शुक्रबार एकजना काठमाडौँ आइपुगेको बताएको छ ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकालाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वयभइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ ।

अफगानिस्तानबाट हालसम्म ८६० जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले आजअपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ । आगमन पछि उनीहरूलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरि व्यवस्थापन गरिएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवाविभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...